एनएमबि लघुवित्तको साधारणसभा २०८० सालमा हुने, लाभांश पारित गर्ने

  २०७९ चैत ६ गते ९:१४     विकासन्युज

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले १० औं बार्षिक साधारणसभा बोलाएको छ । लघुवित्त सञ्चालक समितीको चैत ५ गते बसेको बैठकले २०८० बैशाख १५ गते पोखरा कास्कीमा साढे १२ बजे वार्षिक साधारसभा बोलाएको हो ।

लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ

लघुवित्तको सभाले आर्थिक वर्ष २०७/७९ को सञ्चालक समितिकिो प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

बोनस सेयर वितरण पश्चात् चुक्ता पूँजी वृद्धि हुने र केन्द्रिय कार्यालय रहने ठेगाना प्रबन्धपत्र मासंशोधन गर्नेछ । साथै, सभाले मर्जर सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तिायरी प्रदान गर्नेछ ।

लघुवित्तले साधारणसभा प्रयोजनको लागि चैत १७ गतेदेखि २०८० बैशाख १५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले चैत १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबार भइ कायम सेयरधनीहरु साधारण सभामा सहभागि हुन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.