कालिका लघुवित्तको साधारणसभा आह्वान, पूँजी सरंचना परिवर्तन र लाभांश पारित गर्ने

  २०७९ चैत ६ गते ९:०५     विकासन्युज

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले १३ औं बार्षिक साधारणसभा बोलाएको छ । लघुवित्त सञ्चालक समितीको चैत ५ गते बसेको बैठकले चैत २९ गते पोखरा कास्कीमा बिहान ९ बजे वार्षिक साधारसभा बोलाएको हो ।

लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश गरी कूल २१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ

लघुवित्तको सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिकिो प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

लघुवित्तको सभाले संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्नेछ । बोनस सेयर वितरण पश्चात् चुक्ता पूँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र संशोधन गर्नेछ ।

साथै, सभाले मर्जर सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तिायरी प्रदान गर्नेछ । यस्तै, संस्थाको हाल कायम पूँजी संरचनामा संस्थापक तथा सर्वसाधारण समूहका सेयर स्वामित्व ६४.५२ प्रतिशत र ३५.४८ रहेकोमा नियमनकारी निकायबाट स्वीकृति गरी संस्थापक समूहको ५४.५२ प्रतिशत र सर्वसाधारण समूहको ४५.४८ प्रतिशत कायम गर्नेछ ।

लघुवित्तले साधारणसभा प्रयोजनको लागि चैत १६ गतेदेखि चैत २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले चैत १५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबार भइ कायम सेयरधनीहरु साधारण सभामा सहभागि हुन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.