हिमालयन रिइन्स्योरेन्सको दाबी भुक्तानी साढे ४ हजार प्रतिशतले छलाङ, कुन सूचक कस्ता ?

  २०७९ चैत ६ गते ८:५०     विकासन्युज

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म हिमालयन रिइन्स्योरेन्सको खुद नाफा ६२.८३ प्रतिशत घटेर ४ करोड ६३ लाख ८१ हजार रुपैयाँ मात्रै आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा १२ करोड ४७ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

पुस मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क ६८७ प्रतिशत बढेर २ अर्ब ३६ करोड ३३ लाख रपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २९ करोड ९९ लाख ७५ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ४ हजार ५७९ प्रतिशत बढेर १४ करोड १७ लाख ५३ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३० लाख २९ हजार रुपैयाँ मात्रै खुद दाबी भुक्तानी गरेको थियो ।

कम्पनीको गत वर्षको पुस मसान्तसम्म २ करोड ४५ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेकोमा यसवर्ष बढेर ४२ करोड ४१ लाख रुपैयाँ पुगेको छ । कम्पनीको कूल बीमा शुल्क आर्जन ७१४ प्रतिशत बढेर २ अर्ब ४८ करोड ८९ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ७ अर्ब रुपैयाँ, जगेडा कोष ३८ प्रतिशत बढेर १७ करोड ७७ लाख रुपैयाँ, बीमा कोष १३ करोड ६९ लाख रुपैयाँ र महाविपत्ति कोष १ करोड ५० लाख रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.