धितो लिलाम नभएपछि आफै सकार्दै राष्ट्रिय वाणिज्य बैंक

  २०७९ चैत ६ गते ८:१९     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले कर्जामा धितो राखिएको सम्पत्ति आफ्नो नाममा सकार गर्ने भएको छ । बैंकको शाखा कार्यालय दैलेखबाट कर्जा लिएर चुक्ता नगरेपछि चलअचल सम्पत्ति बैंकको नाममा सकार गर्ने भएको हो ।

विभिन्न शीर्षकमा कर्जा लिएका ऋणी न्यू रुपाखेती ट्रेडर्स एण्ड सप्लायर्सले लिएको कर्जा ३५ दिनभित्र नतिरेमा कर्जाको सुरक्षण बापत रहेको अचल सम्पत्ति सकार गर्ने भएको हो ।

बैंकका अनुसार नारायण नगरपालिका २ दैलेखमा रहेको कित्ता नम्बर ६९५,६९८ र ८७७ को क्रमशः ०.००३३, ०.००३७ र ०.००३२ वर्गमिटर भएको जग्गा र घर सकार गर्नेछ । बैंकले उक्त सम्पत्ति यसअघि लिलाम बिक्रीमा राखेको थियो ।

तर, बिक्री नभएपछि आफै सकार्ने जनाएको छ । ऋणी न्यू रुपाखेती ट्रेडर्स एण्ड सप्लायर्सका प्रोप्राइटर लक्ष्मी प्रसाद रुपाखेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.