२०७९ चैत ६ गते ६:५९ विकासन्युज
काठमाडौं । प्राइम कमर्सियल बैंकले धितोमा राखिएको सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने भएको हो ।
बैंकको भक्तपुर २ शाखा कार्यालयबाट कर्जा लिई पटक पटक कर्जा चुक्ता भुक्तान गर्न तोकता गरेपनि कुनै वास्ता नगरेको हुँदा धितो बिक्री गरेर ऋण असुल गर्ने बैंकले जनाएको छ ।
बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले ३५ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ ।
ऋणी किशोर कुमार राई, जमानीकर्ता जयन्ती राई र असार माया राई रही बैंकबाट ऋण लिएर चुक्ता नगरेपछि सवारी बिक्रीमा राखेको हो । प्राइम बैंक (साबिक कैलास बैंक)को नाममा यातायात कार्यालय लहान सिराहामा दर्ता रहेको स १ ज ४७९ नम्बरको फोर्स मोटर्स बिक्रीमा राखेको हो ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.