दुई कम्पनी मर्ज भई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स बन्ने

  २०७९ चैत ५ गते १९:४८     विकासन्युज

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जर गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकाल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका अध्यक्ष विशाल अग्रवालले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार दुवै कम्पनी एक आपसमा गाभिए पश्चात बन्ने कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स रहने सहमती भएको छ । मर्जर सम्बन्धी प्रस्ताव दुवै कम्पनीको आगामी विशेष साधारण सभामा लगिनेछ ।

दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमती एवं डिडिए रिपोर्टको आधारमा आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सेयर अनुपात क्रमश १ः१ कायम रहने गरी सम्झौता गरिएको छ ।

सम्झौतापछि आइएमई जनरल इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकालले दुवै कम्पनी मर्जर पश्चात पूँजीको हिसाबमा ठूलो बीमा कम्पनी बन्ने बताए ।

यस्तै, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका अध्यक्ष विशाल अग्रवालले मर्जरपछि कम्पनीले देशको सातै प्रदेशमा रहेको ८२ वटा शाखा मार्फत सेवा प्रदान गर्ने गरी उत्कृष्ठ सेवा प्रदान गरी एक नमूना बीमा कम्पनीको हुन् बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.