काठमाडौं । रोयल इनफिल्ड मोटरसाइकलले काठमाडौंको दुई स्थानमा शोरुम संचालनमा ल्याएको छ ।
नेपालका लागि रोयल इनफिल्डको अधिकारिक विक्रेता अल्फा अटोमोटिभले काठमाडौंको नारायणचौर नक्साल र कोटेश्वर बालकुमारी पुलनजिकै शोरुम संचालनमा ल्याएको हो ।
शोरुमबाट बाइक, राइडिंग गियर, जेनविन मोटरसाइकल एसेसरिज, स्पेयर पार्ट्स बिक्री तथा बिक्रि पछाडिका सेवाको व्यवस्था गरिएको कम्पनीले बताएको छ ।
अल्फा अटोमोटिभले आफ्नो एवं डिलर समेत गरी हाल ६ वटा शोरुम (नक्साल, कोटेश्वर, पोखरा, बुटवल, धरान र इटहरी) शोरुम संचालन गरिरहेको छ । कम्पनीले भने चैत्र महिनाभित्र थप ४ वटा स्थान (बिर्तामोड, टाडी, सुर्खेत र भक्तपुर) मा शोरुम संचालनमा ल्याउने जानकारी दिएको छ ।
रोयल इनफिल्ड विश्वको एक मात्र सबभन्दा पुरानो मोटरसाइकल कम्पनी हो जसले सन् १९०१ देखि निरन्तर मोटरसाइकल उत्पादन, वितरण र ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
अल्फा अटोमोटिभ त्रिवेणी ग्रुपको अटोमोटिभ डिभिजन अन्तर्गतको कम्पनी हो । त्रिवेणी ग्रुपले उत्पादनमुलक उधोग व्यवसाय, बैंकिङ, बीमा, एवं सर्भिस क्षेत्रमा काम गरिरहेको छ ।
