२०७९ चैत ५ गते १३:३८ विकासन्युज
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पार्टीका नेता घनश्याम भुसाललाई महासचिवमा मनोनित गरेको छ । आईतबार पार्टी केन्द्रिय कार्यालय आलोनगरमा बसेको पार्टीको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा ९एकीकृत समाजवादी० पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले पार्टीको महासचिव पदमा घनश्याम भुसाललाई चयन गरिएको र महासचिव वेदुराम भुसाललाई आजबाट लागू हुनेगरी उपाध्यक्षमा मनोनित गरिएको जानकारी दिए ।
उनले बैठकले ४ उपाध्यक्ष घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई केन्द्रिय सचिवालय सदस्यमा मनोनित गरेको पनि बताए ।
यस्तै, उनले पार्टीले सरकारलाई विश्वासको मत दिने निर्णय गरेपनि सरकारमा जाने वा नजाने भन्नेबारेमा टुंगो नभइसकेको बताएका छन् ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.