‘व्यवसायीका साना समस्यालाई समाधान गर्न महासंघको नेतृत्वमा आउन खोजेको हुँ’

  २०७९ चैत ५ गते १४:०६     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले व्यवसायीका साना समस्यालाई लिएर समाधान गर्न महासंघको नेतृत्वमा आउनका लागि आफुले उम्मेदवारी दिएको बताएका छन् । गोरखा उद्योग वाणिज्य संघको ४७ औं साधारणसभामा उनले यस्तो बताएका हुन् ।

उद्योगी व्यवसायीका समस्या समाधान गर्नका लागि चन्द्रजीको सारथी भएर काम गर्न अहिले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेको उनले बताए ।

‘महासंघको विधान अनुसार चैत २९ गतेपछि महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल स्वतः अध्यक्ष हुनुहुन्छ,चन्द्रजीको सारथी भएर काम गर्न अहिले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेको छु,’ उनले भने ।

महासंघको पुरानो साख जोगाउनु पर्ने समय आएको भन्दै त्यसलाई लागि ढकालको टीममा आफु वरिष्ठ उपाध्यक्ष भएर गएपछि काम गर्न सकिने उनी बताउँछन् ।

अहिले उद्योगी व्यवसायीहरु एक नभएकै कारणले निजी क्षेत्रको मुद्दामा चासो नदिएको भन्दै अबका दिनमा समग्र उद्योगी व्यवसायी एक ढिक्का भएर अघि बढनुको विकल्न नरहेको उनको भनाई छ ।

‘अहिले हामी उद्योगी व्यवसायीहरु आन्दोलनमा छौं तर सरकारले हाम्रा माग सम्बोधन गर्न चासो देखाएका छैन,’ उनले भने, ‘देशको अर्थतन्त्र चलायमान बनाउन ७० प्रतिशतभन्दा बढी योगदान दिने निजी क्षेत्रलाई सरकारले उपेक्षा गर्नु भनेको हाम्रो दुर्भाग्य हो ।’

यस्तै, उनले अहिले देखिएको बैंक ब्याजदरको समस्या बैंक र ऋणीमा भन्दा पनि नियामक निकायले गर्दा भएको भन्दै यस विषयमा तत्काल वार्ताको माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.