२०७९ चैत ५ गते १२:१४ विकासन्युज
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सिद्धार्थ बैंक र बिन्धवासीनी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीको गरी कूल १ करोड ६१ लाख ५५ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
सिद्धार्थ बैंकको १२.५० प्रतिशत बोनस वापतको १ करोड ५६ लाख ५५ हजार ५३३.५४ कित्ता सेयर सचीकृत नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १२.५० प्रतिशत बोनस सेयर र ०.६६ प्रतिशत नगद गरी कूल १३.१६ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस्तै, बिन्धवासीनी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीको ५ प्रतिशत बोनस वापतको ५ लाख कित्ता बोनस सेयर सचीकृत नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ०.०२६३ प्रतिशत नगद गरी कूल ५.०२६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.