२०७९ चैत ५ गते १०:३५ समुन्द्र घिमिरे
काठमाडौं । शिवम् एयरलाइन्स उद्योग विभागमा दर्ता भएको छ । आन्तरिक रुममा उडान गर्ने गरी कुल ८४ करोड ९१ लाख ७८ हजार ६२५ रुपैयाँ लगानी रहने गरी गत माघ ९ गते उद्योग विभागमा दर्ता भएको हो । शतप्रतिशत नेपाली लगानी रहेको शिवम् एयरलाइन्सले उद्योग सञ्चालनमा ल्याएपछि ९८ जनालाई रोजगारीसगैँ ३० किलोबाट विद्युत उपयोग गर्नेगरी उद्योगबाट स्वीकृति पाएको छ ।
शिवम् एयरलाइन्सका सञ्चालक क्यापटेन दिनेश आचार्य हुन । उनीसँग तीन दशक नेपाल तथा भारतका वायुसेवा कम्पनीका जहाज उडाएको अनुभव रहेको छ । लामो समय उडान अनुभव बोटुलेका आचार्य आफैले लगानी गरेर नयाँ एयरलाइन्सका रुपमा शिवम् एयरलाइन्स सञ्चालन गर्न लागेका छन् ।
आप्नो क्षमता र सीपको प्रयोग गर्न आफैले एयरलाइन्स कम्पनी खोलेको उनको भनाइ छ । ‘मैले हवाई क्षेत्रमा ३० वर्ष काम गरे, नेपाली तथा भारतीय वायुसेवा कम्पनीहरुमा क्यापटेन भएर लामो समय काम गर्न मलाई आफैले वायुसेवा कम्पनी खोल्न मन लाग्यो’, केही समय अघि उनले विकासन्युजसँग भने, ‘आप्नो सीप र क्षमताको प्रयोग गर्दै साथीको सहयोगमा नयाँ वायुसेवा कम्पनी सञ्चालन गर्दैछु।’
सौर्य एयरलाइन्सबाट काम छोडेर नयाँ एयरलाइन्स कम्पनी खोल्ने तयारी गर्दा नेपालमा कोभिड देखिएपछि बाँकी कामहरु रोकिएको उनको भनाइ छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले शिवम् एयरलाइन्सलाई उडान अनुमति दिएको छ । लामो समयको तयारी पश्चात् उक्त कम्पनीलाई मन्त्रालयले अनुमति दिएको हो ।
मन्त्रालयबाट अनुमति पाएको सो एयरलाइन्स कम्पनीले नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) बाट एनओसी पाउन बाँकी छ । प्राधिकरणबाट उडानका लागि पाँच चरणको प्रक्रिया पूरा भएसँगै छिट्टै सेवा सुरु गर्ने योजना कम्पनी रहेको छ ।
शिवम् एयरलाइन्सका अध्यक्ष समेत रहेका क्यापटेन आचार्यले अमेरिकाबाट पाइलट कोर्श पूरा गरेका हुन् । अमेरिकाको पढाइ सकेर सन् १९९२ देखि नेपाली आकाशमा विमान उडाएका उनले भारतको जुन एयरमा समेत लामो समयसम्म काम गरे ।
निकोन एयरबाट हवाई उडानको सुरुवात गरेका उनले आकाशमा मात्रै १७ हजार घण्टाभन्दा धेरै उडान गरिसकेका छन् । निकोन एयरलाइन्सबाट उडानको सुरुवात गरेका उनले एभरेष्ठ एयर, बुद्ध, यती र सौर्य एयरलाइन्समा लामो समय क्यापटेनको रुपमा काम गरिसकेका छन् । नेपालका नाम चलेका एयरलाइन्स बाहेक उनले इन्डियाको जुन एयरमा समेत लामो समयसम्म काम गरे ।
तीन जहाजबाट दुर्गममा उडान गर्ने
प्राधिकरणबाट एनओसी पाएपछि उडान सञ्चालनको तयारी गर्ने शिवम् एयरलाइन्सले जनाएको छ । सुरुवाती चरणमा तीन वटा साना जहाजमार्फत् दुर्गमका क्षेत्रमा उडान गर्ने गरी मन्त्रालयबाट अनुमति पाएको छ ।
‘मन्त्रालयबाट आधिकारिक पत्र आएको छ, नागरिक उड्डयन प्राधिकरणबाट बाँकी प्रक्रिया पूरा गरी अबको एक वर्षभित्रै सेवा सञ्चालनमा ल्याउने योजना बनाएका छौँ,’ उनले भने ।
उनका अनुसार शिवम्ले पोखरालाई केन्द्रबनाएर जोमसोम, नेपालगन्जबाट सिमकोट, हुम्ला काठमाडौंबाट जुम्ला, लुक्ला लगायतका दुर्गमका गन्तव्यमा उडान भर्नेछ ।
कम्पनीमा आचार्य बाहेक व्यवसायी दिपक श्रेष्ठको लगानी रहेको छ । कम्पनीले ट्विनअटर–४०० (डीएच ६४००) सिरिज र लेट फोर–टेनमध्ये कुनै एक किसिमको जहाजमार्फत सेवा सुरु गर्ने योजना बनाएको बताइएको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.
Best wishes
All the best success full your shibam airlines Capten Achharya sir
All the best we will see shibham airlines nepalgunj sector soon