दराजद्वारा सामसुङ ग्यालेक्सी एम०४ डेलिभरी सुरु

  २०७९ चैत ४ गते ९:५८     विकासन्युज

काठमाडौं । मार्च १३ देखी मार्च १७ सम्मको प्रि-अर्डर अवधिपछी दराज नेपालले नयाँ रिलिज भएको सामसुङ ग्यालेक्सी एम०४ को डेलीभरी सुरु गरेको छ । ग्राहकहरूले अझै पनि सामसुङ ग्यालेक्सी एम०४ लाई दराजबाट खरिद गरी सिधै घरमा प्राप्त गर्न सक्ने जनाइएको छ ।

सामसुङ ग्यालेक्सी एम०४ सामसुङ को पछिल्लो स्मार्टफोन हो, जसमा एक टिबी सम्मको एक्सपान्डेबल स्टोरेज रहेको छ । त्यसैगरी यो स्मार्टफोन मिडियाटेक हेलियो पि३५ प्रोसेसरद्वारा परिचालित छ । साथै यसमा ५००० एमएएच ब्याट्री र १६.५५ सेमी ९६.५ इन्च एचडी प्लसको डिस्प्ले रहेको छ । सामसुङ ग्यालेक्सी एम०४ को अर्को आकर्षक विशेषता भनेको एक , यसको र्यामलाई विस्तार गरेर भर्चुअल मार्फत ८ जिबी सम्म बढाउन सकिन्छ ।

यस मूल्य दायराभित्र उल्लेखित बिशेषताको स्मार्टफोनहरु बिरलै पाईन्छ र क्षमताको हिसाबमा हेर्ने हो भने पनि किफायती मुल्यमा खरिद गर्न चाहनेहरुको लागि यो स्मार्टफोन उत्तम छ ।

सामसुङ ग्यालेक्सी एम०४ दुई भेरियन्टहरू, ४/६४ र ४/१२८ जिबीमा प्राप्त गर्न सकिन्छ र यसको मूल्य १५,४९९ र १७,४९९, मा निर्धारणा गरिएको छ। साथमा तपाईंहरुले यस फोनको खरीदमा ५०० रुपैयाको दराज भाउचर पनि प्राप्त गर्न सकिन्छ ्र सामसुङ ग्यालेक्सी एम०४ दुई रंगहरूमा सी ग्लास ग्रीन र शैडो ब्लूमा उपलब्ध रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.