नेप्सेमा ५ कम्पनीको ११ करोड ६९ लाख कित्ता सेयर सूचीकृत, कुनको कति ?

  २०७९ चैत ३ गते १८:४१     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा यस साता विभिन्न ५ कम्पनीको सेयर सूचीकृत भएको छ । गत फागुन २८ गते आइतबारदेखि चैत ३ गते शुक्रबारसम्म नेप्सेमा ५ कम्पनीको सेयर सूचीकृत भएको हो ।

नेप्सेमा गुराँस लघुवित्त वित्तीय संस्था, प्राइम कमर्सियल बैंक, चिलिमे जलविद्युत कम्पनी, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र प्रभु बैंकको गरी कूल ११ करोड ६९ लाख ९९ हजार ७५८ कित्ता सेयर सूचीकृत भएको हो । जसमा बोनस सेयर र हकप्रद सेयर रहेको छ ।

गुराँस लघुवित्तको ४ प्रतिशत बोनस वापतको ३९ हजार कित्ता सेयर सचीकृत नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र ०.२१०५ प्रतिशत नगद गरी कूल ४.२१०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, प्राइम कमर्सियल बैंकको ४ प्रतिशत बोनस वापतको ७४ लाख ६२ हजार ५२९.१२ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र ४.९५ प्रतिशत नगद गरी कूल ८.९५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, चिलिमे जलविद्युत कम्पनीको ७.५ प्रतिशत बोनस वापतको ५० लाख ६३ हजार ८४६.०१ कित्ता नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले लिलामी मार्फत बिक्री गरेको संस्थापकको ४३ लाख ५७ हजार १८५ कित्ता सेयर हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।

यस्तै, प्रभु बैंकको १० करोड ७७ हजार १९८.८५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । साविकको सेञ्चुरी कमर्सियल बैंकलाई प्रभु बैंकले १ः१ स्वाप रेसियो अनुपातमा प्राप्ति गरेपश्चात् प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १० करोड ७७ हजार १९८.८५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । अब नेप्सेमा प्रभु बैंकको कूल २३ करोड ५४ लाख २४ हजार ८९९ कित्ता सेयर पुगेको छ भने नेप्सले सेञ्चुरी बैंकको सूचीकरण खारेज भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.