क्रिप्टो करेन्सीका कारण नै तीन अमेरिकी बैंकहरु बन्द भए

  २०७९ चैत ३ गते १८:२३     विकासन्युज

एजेन्सी । यो हप्ता वित्तीय बजारको लागि जंगली समय बन्यो, यसपटक क्रिप्टो बैंकहरुको लागि चिसो ठण्डी बनेर प्रकट भए ।

सिल्भरगेट क्यापिटल बन्द हुनुपूर्व उसले क्वाइनवेस गिमिनी जस्ता क्रिप्टो कम्पनीका ग्राहकहरुको गणना गरेको थियो । क्यालिफोर्नियामा आधारित ऋणदाताले पछिल्लो समयका कुख्यात क्रिप्टो एक्सचेन्ज एफटिएक्स पनि सेवा दिएका थिए, जसले यसको गिरावटमा भूमिका खेलेको थियो ।

त्यस्तै प्रविधि र स्टार्टअपमा आधारित सिलिकन बैंक एकहप्ता अगाडि मात्रै पतन भयो । जब स्थिर क्वाइन जारी गर्ने सर्कलले तिनीहरुले ३.३ बिलियन डलर बराबरको स्थायी क्वाइन ती धरासायी उन्मुख बैंकहरुमा राखेको थाहा पाए, त्यतिबेला लगानीकर्ताहरु खुसी थिएनन् ।

पछिल्लो आइतबार राति नियामक निकायले सिग्नेचर बैंकलाई बन्द गर्यो । बैंकको व्यवस्थापनले विश्वास गुमाएपछि नियामकले सो बैंकलाई बन्द गरेको थियो । यो बैंकले सिल्भरगेटले जस्तै हाइ प्रोफाइलका क्रिप्टो कारोबारीलाई ब्लक चेन र रियल टाइममा आधारित चौबिसै घण्टा व्यापार तथा भक्तानी सुविधा प्रदान गर्ने प्रणाली बनाएको थियो ।

अमेरिकी वित्त क्षेत्रमा भएको पछिल्लो समयको यो ठूलो घट्नासँगै अब क्रिप्टो उद्योग कसरी अगाडि बढ्ला भन्ने बहसको प्रारम्भ भएको छ । रोयटर्स पोडकास्ट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.