२०७९ चैत ३ गते १८:२४ विकासन्युज
काठमाडौं । प्युजो र सिट्रोन आधिकारीक विक्रेता सांग्रीला मोटोर्स प्राइभेटले विक्री गर्दै आएको गाडीहरुमा एभरेष्ट बैंकले कर्जा दिने भएको छ । बैंक र सांग्रीला मोटोर्सबीच शुक्रबार यसबारे सम्झाैता भएकाे छ ।
दुई संस्था बीच भएको सम्झौँता पत्रमा बैंकको तर्फबाट उपमहाप्रबन्धक गौरव कुमार र सांग्रीला मोटोर्स प्रा।लि।को तर्फबाट सहायक महाप्रबन्धक किरण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार अब प्युजो र सिट्रोनका गाडीहरुमा खरिद गर्ने ग्राहकहरुले एभरेष्ट बैंकका सबै शाखाहरूबाट सुलभ ऋण सुविधाहरू सजिलै उपलब्ध हुनेछ ।
बैंकको देशभर रहेका १२४ शाखाबाट नै कर्जा सुविधा ग्राहकले लिन सक्ने बैंकले बताएकाे छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.