महानगरले मौखिक रुपमा दरबारमार्गको पार्किङको विकल्प दिएर हुँदैन : कक्षपती

  २०७९ चैत ३ गते १६:०९     विकासन्युज

काठमाडाैं । दरबार मार्ग विकास बोर्डका पूर्वअध्यक्ष गोपालसुन्दरलाल कक्षपतीले काठमाडौं महानगरपालिकाले दरबारमार्गको पार्किङको विकल्प मौखिक रुपमा दिएर नहुने बताएका छन् ।

पूर्वअध्यक्ष कक्षपतीले महानगरले दरबारमार्गको पार्किङको विकल्प छ भनेर मात्रै नहुने भन्दै बोर्डलाई पार्किङका विकल्प विश्व ज्योती हल,अन्नपूर्ण होटल र दरबार मलको अण्डर ग्राउण्ड हो भनेर पत्राचार गर्नुपर्ने बताए ।

‘महानगरपालिकाले दिएको विकल्प उपयुक्त छैन, बोर्डसँग महानगरले पार्किङको विकल्प दिए तत्काल समस्याको समाधान हुन्छ,’ उनले भने ।

कक्षपतीले दरबारमार्गको पार्किङको विकल्पहरु निजी क्षेत्रको भएकाले समस्या समाधान हुन नसक्ने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.