एनआईआईएफले दिगोमा लगानी गर्ने, इन्धनका सवारी ५० प्रतिशत घटाउने

  २०७९ चैत ३ गते १५:५२     विकासन्युज

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्ड (एनआईआईएफ)को दिगोमा लगानी गर्ने भएको छ । विद्युतीय सवारीको प्रयोग बढाउने उद्देश्यले नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्डको दिगोमा लगानी गरेको हो ।

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्डलाई ग्लोबल इक्विटी फण्ड, प्राइम लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सले प्रवद्र्धन गरेको कम्पनी हो । यस्तै, दिगोले विद्युतीय सवारी साधनको कारोबारदेखि देशभर चार्जिङ स्टेशन, ईभी फ्लीट सेवा, ब्याट्री एसेम्बलिङ, ब्याट्री डिस्पोजल र गाडी रूपान्तरणसम्मका पूर्वाधार निर्माणको काम गरिरहेको छ ।

एनआईआईएफबाट प्राप्त रकम कम्पनीले ‘मिशन शून्य उत्सर्जन’को सपनालाई बढाउन प्रयोग गरिने दीगो नेपालका प्रबन्ध निर्देशक राजन रायमाझीले बताए । सन् २०३० सम्ममा ५० प्रतिशत इन्धनका सवारी साधनलाई प्रतिस्थापन गर्ने र जनतालाई यो नै भविष्य हो भनेर विश्वास दिलाउन इकोसिस्टम आवश्यक रहेको उनले बताए ।

ईभी इकोसिस्टममा देशभरका चार्जिङ स्टेशनहरू र राजमार्गहरूमा ईभी सवारी साधनका विश्राम स्थल, अधिक इभीएस वा सार्वजनिक सवारी समावेश हुन्छन् । यसले देशलाई ठूलो फाइदा पुर्याउँने र एनआईआईएफबाट प्राप्त रकमले लक्ष्यमा पुग्न मद्दत गर्ने उनले बताए ।

ग्लोबल इक्विटी फण्डका प्रबन्ध निर्देशक डा.मनिष थापाले नेपालमा वायु प्रदूषण जीवन वा मृत्युको विषय बनेको बताए । खराब हावाको गुणस्तरबाट हुने स्वास्थ्य जटिलताले वर्षेनी धेरैले ज्यान गुमाइरहेको उनको भनाइ छ । यातायात क्षेत्रले यस्तो संकट समाधान गर्न महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने उनले बताए ।

‘यो समस्या समाधान गर्न कठिन छ किनभने यातायात क्षेत्र एक आधारभूत जीवन रेखा हो, यातायातबाट हुने उत्सर्जनलाई रोक्नका लागि उपायहरू खोज्नु पर्छ, विद्युतीय गतिशीलतालाई समर्थन र इकोसिस्टमको विकास गर्न आवश्यक छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.