नेपाली आइटी स्टार्टअप रिङ्गेज एसिया प्यासिफिकको फाइनलमा

  २०७९ चैत ३ गते १४:००     विकासन्युज

काठमाडौं । आवाजमा आधारित मोबाइल इङ्गेजमेन्ट प्रविधि रिङ्गेजले ‘स्टार्टअप टेक फोर डेमोक्रेसी एसिया’ को एसिया र प्यासिफिक क्षेत्रमा फाइनल ९टप ५० परेपछि गत साता भारतको नयाँ दिल्लीमा भएको टेकफरडेमोक्रेसी एसियामा सहभागी भएको छ ।

नेपाली स्टार्ट अप कम्पनी रिङ्गेज प्रतियोगितामा भारतबाट इभोटिङतर्फ राइट २ भोट, न्युजिल्याण्डबाट साइबर सेक्युरिटीतर्फ सेफटुओपन, सिंगापुरबाट फाइनान्सियल इन्क्युज कम्पनी स्माइल र इन्डोनेसियाबाट सुआराइज टफ ५ फाइनलिस्टमा परेका हुन् ।

युएस डिपार्टमेन्ट अफ स्टेट, माइक्रोसफ्ट, अब्जर्भर रिसर्च फाउन्डेशन र भोक्ससेन युनिभर्सिटीको साझेदारीमा आईई सेन्टर फर द गभर्नेन्स अफ चेन्ज टीमले प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगितामा एसिया क्षेत्रका स्टार्टअपको दर्जनौं आवेदन परेको थियो । ती कम्पनीहरूलाई पछि पार्दै रिङ्गेज टप ५ फाइनलिस्टमा परेको हो ।

डेमोक्रेसीलाई प्रवर्द्धन गर्ने तथा साइबर सुरक्षालाई मजबूत बनाउने, प्रविधिमा नागरिकको पहुँच बढाउने, डिजिटल, वित्तीय तथा राजनीतिक समावेशीकरणमा जोड दिने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको थियो ।

रिङ्गेजको मोबाइल इङ्गेजमेन्ट प्रविधिले गैरनाफामूलक कम्पनीहरू, निजी कम्पनी तथा अन्य संस्थाहरूलाई भ्वाइस म्यासेजमार्फत ठूलो समूहलाई एकैपटक सन्देश पठाउन सहयोग गर्दै आएको छ ।

एकैपटक ठूलो समूहमा भ्वाइस सन्देश पठाउनका लागि अत्यन्तै उपयोगी रहेको यस सेवा पछिल्लो समय निकै लोकप्रिय बन्दै गएको छ । भ्वाइस म्यासेज सेवामार्फत व्यवसाय, सुशासन, स्वास्थ्य र शिक्षामा सुधार गर्न सूचनामा पहुँच वृद्धि गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

रिङ्गेजले एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको फाइनलमा छनोट हुन पाउँदा निकै हर्षित भएको बताएक छ । ुहामी विश्वास गर्छौं कि हाम्रो मोबाइल इन्गेजमेन्ट टेक्नोलोजीले नेपाल र बाहिर लोकतान्त्रिक संलग्नता र सूचनाको अधिकारलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ,ु कम्पनीले भनेको छ ।

प्रतियोगितामा नेपाली स्टार्टअपको उपलब्धिले नेपाल र समग्र एसिया क्षेत्रमा लोकतान्त्रिक सहभागिता र सूचनाको हकको प्रवर्द्धनमा प्रविधिको बढ्दो भूमिकालाई जोड दिने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

कार्यक्रममा रिङ्गेजका संस्थापक दिपेश रेग्मीले इन्नोभेटिभ मोबाइल इंग्जमेन्ट टेक्नोलोजी र यसको प्रयोग बारे प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उनले रिङ्गेजमार्फत ठूला संस्थाहरू मानिसहरूको ठूलो समूहहरूमा पनि आफ्नो पहुँच स्थापना गर्न सक्षम हुने बताए । उनले त्यस्ता कम्पनीले आफूलाई आवश्यक भाषामा एकैपटक आवाजसहितको सन्देश पठाउनका लनगि कम्पनीको सेवा अत्यन्तै उपयोगसिद्ध साबित भएको बताए ।

सोही उपयोगिताका कारण पनि रिङ्गेज टप फाइनलमा पुगेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.