सुनको मूल्य निरन्तर बढ्दै, शुक्रबार कतिमा हुँदैछ कारोबार ?

<p>काठमाडौं । पछिल्लो समय सुनको मूल्य निरन्तर रुपमा बढीरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले बढेको हो । बिहीबार प्रतितोला एक हजार रुपैयाँ बढेको सुनको भाउ शुक्रबार पनि बढेको छ । यससँगै बजारमा छापावाल सुन एक लाख ७ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख [&hellip;]</p>

काठमाडौं । पछिल्लो समय सुनको मूल्य निरन्तर रुपमा बढीरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले बढेको हो ।

बिहीबार प्रतितोला एक हजार रुपैयाँ बढेको सुनको भाउ शुक्रबार पनि बढेको छ । यससँगै बजारमा छापावाल सुन एक लाख ७ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख छ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यो मूल्य पछिल्लो रेकर्ड नजिक हो । यसअघि गत माघ १९ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन सुन प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

Share News