च्याट जिपिटी-४ ले उपचार सहयोग देखि खाना बनाउन सम्म सहयोग गर्ने

  २०७९ चैत ३ गते १३:०३     विकासन्युज

एजेन्सी । आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी ओपनएआईले च्याटबोट च्याटजीपीटीको नयाँ उन्नत संस्करण च्याट जिपिटी-४ लन्च गरेको छ। यो संस्करण धेरै विषयहरूमा विज्ञ रहेको भनिएको छ। यसले चिकित्सकीय सल्लाह पनि दिने गर्छ, जसलाई देखेर डाक्टर समेत छक्क पर्ने गरेका छन् । तस्बिर हेरेर यसले वर्णन गर्न सक्छ। यसका फाइदा र बेफाइदा के के छन् जानौं ।

च्याट जिपिटी-४ को विशेषताहरू
भाषा तथा व्याकरण सहित कैयौंन विषयहरुमा पहिलेको मामिलामा समृद्ध, व्यवस्थित र सटिक रहेको छ । पहिलेको तुलनामा बढी तथ्यपरक जानकारी दिने गर्छ, साथै पहिलाको तुलनामा सिधा र सटिक जवाफ दिन्छ ।

यसले तस्बिर हेरेर जवाफ दिन क्षमता राख्छ । फ्रिजमा राखेको वस्तुहरु हेरेर त्यसबाट के परिकार बनाउन सकिन्छ भनेर जानकारी दिनसक्छ । यसले बिरामीको रोग र यससँग सम्बन्धित कठिन चिकित्सा शब्दावली बुझ्न सक्छ र उपचार तथा औषधिको सही तरिका र सल्लाह पनि दिन सक्छ।

यसले कुनै आर्टिकल पढेर सम्पादन पनि गर्न सक्छ । क्याप्सन, विवरण र सारांश पनि लेख्न सक्छ । यसले २५ हजार सम्मको शब्दलाई एकपटकमा प्रशोधन गर्ने क्षमता राख्छ । पहिलेको तुलनामा यसको सेन्स अफ ह्युमर राम्रो रहेको छ ।

पहिलेको तुलनामा यसको तार्किक क्षमता उत्कृष्ट बनेको छ भने यसले जटिल पजल र क्विजहरुको समाधान गर्ने हैसियत राख्छ ।

यसले परीक्षाहरु उत्कृष्टताका साथ उत्तिर्ण गर्ने हैसियत राख्छ, कैयंन अमेरिकी विश्वविद्यालय तथा कलेजका परीक्षाहरुमा यसले उत्कृष्टता पदर्शन गरेको छ । तरपनि च्याट जिपिटी-४ केही गल्तिहरु पनि गर्ने गर्छ जसका कारणले कहिलेकाहीँ गलत जानकारी पनि प्राप्त हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.