ग्याँस उद्योगमा मर्ज आरम्भ, मेट्रो काठमाडौं र एसटीसी ग्याँस मर्ज हुने

  २०७९ चैत ३ गते ८:२०     विकासन्युज

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु धमाधम मर्जर भइरहँदा ग्याँस उद्योगहरु पनि मर्जरका लागि अग्रसर भएका छन् । ग्याँस उद्योगहरुको संख्या धेरै भएपछि मर्जरका बाटो अपनाएर संख्या कम गर्ने भएका हुन् ।

साथै पछिल्लो समय अर्थतन्त्रका अधिकांश सूचकहरु संकुचन भएका बेला व्यापार व्यवसाय ठप्प हुन थालेपछि ग्याँस उद्योगहरु पनि मर्ज हुन थालेका हुन् । ग्याँस उद्योगमा मेट्रो काठमाडौं ग्याँस इण्डष्ट्रिज लिमिटेड र एस.टी.सी. ग्याँस उद्योग लिमिटेडले मर्जरको थालनी गर्ने भएका हुन् ।

यी दुई ग्याँस उद्योग एक आपसमा मर्ज हुने भएका हुन् । एस.टी.सी. ग्याँस उद्योगसँगको मर्जर प्रस्ताव पारित गर्न काठमाडौं मेट्रो ग्याँस इण्डष्ट्रिजले वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको चैत २ गते बसेको सञ्चालक समितिको बैठकले १३ औं वार्षिक साधारण सभा चैत २४ गते बिहान ११ बजे साल्ट ट्रेडिङ्ग कर्पाेरेशनको हलमा बोलाएको हो ।

कम्पनीको सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिकिो प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

साथै, कम्पनीको सभाले मर्जरसम्बन्धी सम्पूर्ण काम पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.