२०७९ चैत ३ गते ७:५१ विकासन्युज
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा विभिन्न ३ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले हिमालयन एभरेष्ट इन्स्योरेन्स, प्रडेन्सियल इन्स्योरेन्स र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन गरेको हो ।
यी तीन कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा आइतबार कारोबार हुनेछ ।
स्वाभिमान लघुवित्तको २० प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता १ हजार ५० रुपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । बिहीबार लघुवित्तको सेयर प्रतिकित्ता १ हजार २६० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
यस्तै, प्रडेन्सियल इन्स्योरेन्सको ३.३२५ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेल प्रतिकित्ता ४००.६८ रुपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको हो । बिहीबार कम्पनीको सेयर प्रतिकित्ता ४१४ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको २.७५ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेल प्रतिकित्ता ४०८.७६ रुपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको हो । बिहीबार कम्पनीको सेयर प्रतिकित्ता ४२० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.