२०७९ चैत ३ गते ७:३८ विकासन्युज
काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको आईपीओ आज शुक्रबार बाँडफाँट हुने भएको छ । लघुवित्तको आईपीओ शुक्रबार बिहान ११ बजे बाँडफाँट गरिने बिक्री प्रबन्धक मेगा क्यापिटलले जानकारी दिएको छ ।
लघुवित्तले फागुन १८ गते फागुन २३ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि जारी पूँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशत अर्थात् ९७ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ९७ हजार कित्ता सेयर बिक्री खुला गरेको थियो ।
जसमध्ये ९ हजार ७ सय कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरिसकेको छ भने १ हजार ५ सय कित्ता कर्मचारी, ४ हजार ८५० कित्ता सामूहिक लगानी कोष र ८० हजार ९५० कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ ।
लघुवित्तको आईपीओमा अन्तिम दिनसम्म १५ लाख ३२ हजार ९७३ जना आवेदकले १ करोड ६७ लाख ६५ हजार कित्ताका लागि १ अर्ब ६७ करोड ६५ लाख रुपैयाँ बराबरको आवेदन दिएका छन् । यो माग गरिएको भन्दा २ सय गुणा बढी आवेदन परेको हो ।
लघुवित्तको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिमार्फत १० कित्ताका दरले बाँडफाँट गरिनेछ । १० कित्ताका दरले बाँडफाँट गर्दा ८ हजार ९५ जना आवेदकले मात्रै कम्पनीको आईपीओ प्राप्त गर्नेछन् । बाँकी आवेदन दिएका लगानीकर्ताको हात रित्तो हुने देखिन्छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.