नेप्सेमा २ कम्पनीको बोनस सूचीकृत

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीबार २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । गुराँस लघुवित्त वित्तीय संस्था र प्राइम कमर्सियल बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । गुराँस लघुवित्तको ४ प्रतिशत बोनस वापतको ३९ हजार कित्ता सेयर सूचिकृत नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४ [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीबार २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । गुराँस लघुवित्त वित्तीय संस्था र प्राइम कमर्सियल बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

गुराँस लघुवित्तको ४ प्रतिशत बोनस वापतको ३९ हजार कित्ता सेयर सूचिकृत नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र ०.२१०५ प्रतिशत नगद गरी कूल ४.२१०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, प्राइम कमर्सियल बैंकको ४ प्रतिशत बोनस वापतको ७४ लाख ६२ हजार ५२९.१२ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र ४.९५ प्रतिशत नगद गरी कूल ८.९५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Share News