शिवम् सिमेन्ट किन्ने दुई जनाले पाए ५/५ तोला सुन

  २०७९ चैत २ गते १६:२०     विकासन्युज

काठमडौं । शिवम् सिमेन्टको ‘शिवमसँग उपहार टन्न’ योजनाको मेगा लक्की ड्रबाट कृष्ण मानन्धर र चन्चल चौधरीले ५/५ सुन तोला जितेका छन् । शिवम् सिमेन्टले संचालन गरेकाे उक्त योजनाको मेगा लक्की ड्र अन्तर्गत उनीहरुले ५/५ सुन तोला जितेका हुन् ।

योजनाको दोस्रो पुरस्कार अन्तर्गत सुरेश प्रसाद, युवराज कार्की, चन्द सिंह र शिवराम भण्डारीले ४ जनाले ३/३ तोला सुन जितेका छन् ।

यस्तै, तेस्रो पुरस्कार अन्तर्गत ६ जनालाई २ /२ तोला सुन चौथो ८ जनालाई १/१ तोला सुन तथा अन्य १० जनाले आधा/आधा तोला सुन जित्न सफल भएका छन् ।

कम्पनीले लक्की ड्र याेजनाकाे विजेतालाई छिट्टै पुरस्कार प्रदान गर्ने जनाएकाे छ । शिवम् सिमेन्टले गत मंसिर १८ गतेदेखि यस उपहार योजना सार्वजनिक गरेको थियो ।

कम्पनीले २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हातखाली नहुने स्क्रयाच कुपन प्राप्त गरी २ सयदेखि ५ सय रुपैयाँसम्म नगद तथा १५ ग्राम चाँदीको सिक्का वा २.५ ग्रामदेखि ५ ग्रामसम्म सुनको सिक्का वा सुनको सिक्री पक्का उपहार राखेकाे थियाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.