काठमाडौं विश्वविद्यालयले ह्याविटेट इनोभेसन कन्क्लेभ आयोजना गर्ने

  २०७९ चैत २ गते १५:३५     विकासन्युज

काठमाडौं । काठमाडौं विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विभाग इनर्जी इफिसियन्ट बिल्डिङ डिजाइन २०२१ ब्याचले ह्याविटेट इनोभेसन कन्क्लेभ २०२३ आयोजना गर्ने भएको छ । चैत ३ गते काठमाडौंको होटल हायात प्यालेसमा उक्त कार्यक्रम आयोजना गर्न लागेको उक्त विभागका प्राध्यापक डा. भिम श्रेष्ठले बताए ।

प्राध्यापक श्रेष्ठका अनुसार बिल्डिङ निर्माण सामग्रीको खोज, बिल्डिङ सम्बन्धी नीति तथा गुणस्तर, नयाँ प्रविधियुक्त योजना, डिजाइन तथा रेट्रोफिटिङ, खानेपानी तथा सरसफाइ, बिल्डिङमा उर्जा क्षमता र आवासमा महिला इन्जिनियरिङ जस्ता ६ वटा विषयमा कन्क्लेभमा छलफल हुनेछ । जसमा प्राध्यापक डा. संगिता सिंह, डा. रोशनराज श्रेष्ठ, डा. नारायण चौलागाईं, नरिपाल अधिकारी र प्रज्ञा प्रधानले कार्यपत्र प्रस्तुत गर्नेछन् । त्यस्तै कार्यपत्रमाथि टिप्पणी गर्दै कन्क्लेभका सल्लाहकारहरु इन्जिनियर गणेश शाह, प्राध्यापक गोविन्दराज पोखरेल, डा. सुनिलबाबु श्रेष्ठ र प्राध्यापक डा. त्रिरत्न बज्राचार्यले आफ्नो विचार प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।

कन्क्लेलभमा काठमाडौं विश्वविद्यालय लगायत विभिन्न इन्जिनियरिङ कलेज र विल्डिङ सँग सम्बन्धित विभिन्न उद्योगहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.