२०७९ चैत २ गते ११:३५ विकासन्युज
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला एक हजार रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ बुधबार तोलाको १ लाख ५ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर रुपैयाँले बढेर प्रतितोला १ लाख ६ हजार ७०० रुपैयाँ कायम भएको छ ।
महासंघको अनुसार तेजावी सुनको मूल्य पनि बढेर आज प्रतितोला १ लाख ६ हजार २०० रुपैयाँ कायम भएको छ ।
यस्तै, आज चाँदीको भाउ ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३०५ रुपैयाँमा किनबेच भइरहेको छ । महासंघका अनुसार बुधबार चाँदीको मुल्य प्रति तोला १ हजार ३०० रुपैयाँ कायम भएको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.