३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको कति लाभांश ?

  २०७९ चैत २ गते ७:१५     विकासन्युज

last day

काठमाडौं । विभिन्न ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स, प्रडेन्सियल इन्स्योरेन्स र स्वाभिमान लघुवित्तको लाभांश तथा साधारण सभा सुरक्षित गर्ने आज चैत २ गते अन्तिम दिन हो ।

यी तीन कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत ३ गते बुकक्लोज गर्ने निर्णय गरेको छन् । त्यसैले आज चैत २ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम हुने सेयरधनीहरूले लाभांश प्राप्त गर्न सक्नेछन् ।

हिमालय एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २.७५ प्रतिशत बोनस सेयर र ०.१४ प्रतिशत नगद गरी कूल २.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले २९ औं वार्षिक साधारण सभा चैत २९ गते बिहान ११ बजे वानेश्वर व्याक्वेट काठमाडौंमा बोलाएको छ ।

यस्तै, प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३.३२५ प्रतिशत बोनस सेयर र ०.१७५ प्रतिशत नगद गरी कूल ३.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले २१ औं वार्षिक साधारण सभा चैत १६ गते पर्सामा दिउसो १२ः३० बजे बोलाएको छ ।

यस्तै, स्वाभिमान लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद गरी कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न लघुवित्तले चैत ११ गते बुटवल रुपन्देहिमा बिहान ११ बजेदेखि छैठौँ बार्षिक साधारणसभा बोलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.