२०७९ चैत २ गते ६:५८ विकासन्युज
काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले सेयरधनीहरुलाई बोनस सेयर वितरण गर्न सुरु गरेको छ । कम्पनीको गत पुस २२ गते सम्पन्न २६ औं वार्षिक साधारण सभाले पारित गरेको ७.५ प्रतिशत बोनस सेयरधनीहरुको खातामा जम्मा गरेको हो ।
कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएपश्चात् हितग्राही खातामा जम्मा गरेको कम्पनीले जनाएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।
कम्पनीले बुक क्लोज गरेको दिनसम्म कायम सेयरधनीहरुको हितग्राही खातामा बोनस जम्मा गरेको हो । साथै, कम्पनीले हालसम्म डिम्याट अभौतिकीकरण नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण अद्यावधिक गराउन आग्रह गरेको छ । कम्पनीको सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल रहेको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.