२०७९ चैत १ गते १६:४८ विकासन्युज
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको मोटरसाइकल हराएको छ । साविक मेगा बैंक हुँदा १५० सीसीको पल्सर मोटरसाइकल हराएको बैंकले जनाएको छ ।
साविक मेगा बैंकको नाममा दर्ता रहेको प्र ०३–०२–०१२ प ३०५१ नम्बरको पल्सर १५० सीसीको मोटरसाइकल हराएकाले कसैले भेटाएमा बैंक वा प्रहरीमा सम्पर्क गराउन बैंकले आग्रह गरेको छ । मोटरसाइकलको इन्जिन नम्बर डीएचवाइआरकेडी ५३८९१ र च्यासिस नम्बर एमडी २ए ११सीवाई ५केडी २५३८६ कालो रंगको पल्सर १५० सिसि मोडलको मोटरसाइकल रहेको बैंकले जनाएको छ ।
बैंकको मोटरसाइकल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका १ लोकन्थली मनोहरा फाँटबाट हराएको थियो । उक्त मोटरसाइकल गत पुस २ गते शनिवारका दिन बेलुका साढे ९ बजेदेखि हराएको हुँदा फेला परेमा नजिकको प्रहरी कार्यालय वा बैंकको कुनै पनि शाखा कार्यालयमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.