युक्रेनको जीडीपी सन् २०२२ मा २९.२ प्रतिशतले घट्यो

  २०७९ चैत १ गते १०:२८     विकासन्युज

एजेन्सी । युक्रेनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सन् २०२२ मा २९.२ प्रतिशतले सङ्कुचित भएको छ । सरकारद्वारा सञ्चालित युक्रेनफर्म समाचार एजेन्सीले देशको अर्थ मन्त्रालयले गरेको अनुमानलाई उद्धृत गर्दै मङ्गलबार सो बारे उल्लेख गरेको छ ।

आर्थिक गिरावटले उदासीन घरायसी उपभोग, लगानी गतिविधिमा गिरावट र रूस-युक्रेन द्वन्द्वको कारण निर्यात र आयात सञ्चालनमा नकारात्मक दबाबलाई प्रतिबिम्बित गरेको मन्त्रालयले जनाएको छ । गत वर्ष युक्रेनको जीडीपी चौथो सत्रमा अपेक्षा गरेभन्दा राम्रो गतिशीलताका कारण ३०.४ प्रतिशतको प्रारम्भिक अनुमानित गिरावट भन्दा राम्रो थियो।

सार्वजनिक तथ्याङ्क अनुसार युक्रेनको वास्तविक जीडीपी सन् २०२२ को अक्टोबर-डिसेम्बरमा वार्षिक ३१.४ प्रतिशतले घटेको छ । यस महिनाको शुरुमा अर्थ मन्त्रालयले यस वर्षको देशको जीडीपी वृद्धि पहिले अनुमान गरिएको ३.२ प्रतिशतबाट १ प्रतिशतमा घटाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.