२०७९ चैत १ गते ७:४५ विकासन्युज
एजेन्सी । फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको स्वामित्वमा रहेको कम्पनी मेटाले १० हजार मानिसलाई जागिरबाट निकाल्ने जनाएको छ। नोभेम्बर २०२२ पछि मेटाले यति ठूलो संख्यामा मानिसहरूलाई कामबाट निकाल्न लागेको यो दोस्रोपटक हो ।
यसअघि पनि मेटाले ११ हजार मानिसलाई जनालाई जागिरबाट हटाएको थियो । मेटाका प्रमुख कार्यकारी तथा संस्थापक मार्क जुकरबर्गले यो निर्णय निकै कठिन तर आवश्यक रहेको बताएका छन् ।
१० हजार मानिसलाई कामबाट निकाल्नुको साथै कम्पनीमा ५ हजार दरबन्दी खाली राखिने जुकरबर्गले जनाएका छन्। उनले कर्मचारीलाई सन्देशमा लेखेका छन् कि कम्पनीले सन् २०२२ मा आफ्नो राजस्वमा उल्लेख्य गिरावट आएको थाहा पाएपछि झट्का भोग्नुपरेको थियो ।
उनले अमेरिकामा बढेको ब्याजदर, विश्वको अस्थिरता र नियामक कानुनमा भएको वृद्धिले आम्दानीमा गिरावट आएको बताए । ‘मलाई लाग्छ कि हामी नयाँ आर्थिक अवस्थासँग जुध्न तयार हुनुपर्छ किनभने यो अवधि अलि लामो हुनेछ’, उनले भनेका छन् ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.