मुक्तिनाथ विकास बैंकले तीन दिनभित्रै २ करोडसम्मको कर्जा दिने

  २०७९ फागुन ३० गते १७:१८     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना सञ्चालनमा ल्याएको छ ।

बजारमा देखिएको तरलता संकटसँगै ग्राहकहरुले कर्जा पाउन नसकिरहेको अवस्थामा बैंकले यो योजना ल्याएको जनाएको छ ।

यस योजना अन्तर्गत २ करोडसम्मका साना तथा मझौला व्यवसाय कर्जा, कृषि कर्जा, घर कर्जा, अटो तथा हायरपर्चेज कर्जा, शैक्षिक कर्जा, जग्गा खरिद तथा अन्य व्यक्तिगत कर्जा प्रदान गर्ने बैंकले जनाएको छ ।

यस योजना अन्तर्गत कर्जा लिन इच्छुक कर्जाग्राहीहरुलाई सम्पुर्ण आवश्यक कागजातहरु पुरा गरेको ३ कार्य दिनभित्रै सस्तो ब्याजदरमा कर्जा स्वीकृत गरी प्रदान गर्ने बैंकले जनाएको छ ।

बैंकको अनुसार ग्राहकले मिस्ड कल गरी वा बैंकको वेवसाईटमा गई अनलाईन मार्फत कर्जा आवेदन दिन सक्नेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.