नबिल सक्षम कर्जा : सस्तो ब्याजमा एक करोडसम्म ऋण, बीमा सुविधा पनि

  २०७९ फागुन ३० गते १६:४२     विकासन्युज

काठमाडौं । नयाँ उद्योग तथा व्यवसाय सुरुवात तथा विस्तार गर्नेलगानीकर्तालाई लक्षित गर्दै नबिल बैंकल ‘नबिल सक्षम कर्जा’ प्रडक्ट ल्याएको छ । बैंकले साना तथा ठूला उद्योग तथा व्यवसाय गर्न चाहनेहरूको लागि सस्तो ब्याजदरमा लगानी गर्ने गरी उक्त प्रडक्ट ल्याएको हो ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभाव र ब्याजदर उच्च भएका बेला नबिल बैंकले भने नबिल सक्षम कर्जामार्फत् कर्जा लगानी गर्ने भएको हो ।

बैंकबाट ऋण लिएर व्यापार तथा उद्यम सञ्चालन गर्ने नवप्रवर्तन तथा उद्योग तथा व्यवसाय सञ्चालन गरिरहेका लगानीकर्तालाई लक्षित गरी सक्षम कर्जा प्रडक्ट ल्याएको एसएमई एण्ड माइक्रोफाइनान्स प्रमुख निरज कुमार बस्नेत बताउँछन् । उनका अनुसार यस प्रडक्ट अन्तर्गत स्टार्टअपले पनि कर्जा लिन पाउनेछन् ।

‘बैंकबाट ऋण लिएर व्यवसाय सुरुवात गर्ने लगानीकर्तालाई लक्षित यो प्रडक्ट ल्याइएको हो, यस प्रडक्टले नयाँ र पुराना दुवै प्रकारका लगानीकर्तालाई समेट्छ,’ उनले भने ।

बस्नेतका अनुसार यस प्रडक्ट मार्फत् कूल सम्पत्तिको ८० प्रतिशतसम्म बैंकले कर्जा दिनेछ । नबिल बैंकको प्रडक्टले नयाँ तथा पुराना व्यवसायीको व्यवसाय थप फस्टाउने उनको भनाइ छ ।

नबिल सक्षम कर्जा मार्फत् ऋण लिने व्यवसायीहरुको धेरै रहेको उनले बताए । उनका अनुसार हालसम्म २ सयभन्दा बढीले नबिल सक्षम कर्जामार्फत् ऋण लिएका छन् ।

‘नबिल सक्षम कर्जा कार्यक्रम अन्तर्गत न्यूनतम १५ लाखदेखि अधिकतम १ करोड रुपैयाँसम्म सीमा तोकिएको छ, हालसम्म २ सय लगानीकर्ताले नबिल सक्षम कर्जा लिएका छन्, कर्जा अवधि १० वर्ष हुन्छ,’ उनले भने ।

नबिल सक्षम कर्जा अन्य ऋण लिने प्रक्रिया जस्तै गरी लिन सकिन्छ । देशभरका नबिल बैंकका शाखाबाट नबिल सक्षम कर्जा लिन सकिने बस्नेत बताउँछन् । नेपाल राष्ट्र बैंकले तोकेको मापदण्डको आधारमा कर्जा दिइरहेको उनले बताए । बैंकबाट कर्जा लिँदा घर, जग्गा, गाडी, स्टक धितो सुरक्षणमा राख्न मिल्ने उनले बताए ।

‘नबिल सक्षम कर्जा लामो समय अवधिसम्मको लागि प्रयोग गर्न पाइन्छ, कर्जा लिनको लागि आवश्यक प्रक्रिया पुरा गर्नुपर्छ, प्रक्रिया त्यति धेरै असहज छैन,’ उनले भने, ‘कुन प्रयोजनको लागि कर्जा लिन खोजिएको हो स्पष्ट खुलाउनुपर्छ, बैंकले अध्ययन गरेर प्राथमिकताका साथ कर्जा उपलब्ध गराउँछ ।’

यो कर्जा सुविधा लिनका लागि धितो मूल्यांकनको ८० प्रतिशतसम्म कर्जा पाइनेछ । सहजै कर्जा सुविधासँगै निःशुल्क क्रेडिट कार्ड, एसएमएसमार्फत् निःशुल्क कारोकार अलर्ट, निःशुल्क मासिक बैंक स्टेटमेन्ट र नबिल केयरद्वारा घातक रोगको बीमा सुविधा प्रदान गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.