लक्ष्मी बैंकले धितोमा राखेका ४६ वटा मोटरसाइकल र स्कुटर बेच्दै

<p>काठमाडौं । लक्ष्मी बैंकले धितोमा राखिएको घरजग्गा र ४६ वटा सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि ऋणीले वेवास्ता गरेपछि धितो राखिएको घरजग्गा र सवारी बिक्री गरेर असुल गर्ने भएको हो । व्यास नगरपालिका तनहुँका ऋणी खड्गमाई मोटर्सका सञ्चालक राम कुमारले कर्जा लिई पटक पटक [&hellip;]</p>

काठमाडौं । लक्ष्मी बैंकले धितोमा राखिएको घरजग्गा र ४६ वटा सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि ऋणीले वेवास्ता गरेपछि धितो राखिएको घरजग्गा र सवारी बिक्री गरेर असुल गर्ने भएको हो ।

व्यास नगरपालिका तनहुँका ऋणी खड्गमाई मोटर्सका सञ्चालक राम कुमारले कर्जा लिई पटक पटक कर्जा चुक्ता भुक्तान गर्न तोकता गरेपनि कुनै वास्ता नगरेको हुँदा धितो बिक्री गरेर ऋण असुल गर्ने बैंकले जनाएको छ ।

बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले ७ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ । गोप्य सिलबन्दी बोलपत्र बैंकको शाखा कार्यालय दमौली, तनहुँमा दाखिला गर्नुपर्नेछ ।

ऋणी राम कुमार श्रेष्ठको नाममा रहेको व्यास नगरपालिकामा रहेको कित्ता नम्बर २१ को ८–१–०–० क्षेत्रफल भएको जग्गा र जमानतकर्ता कल्पना श्रेष्ठको नाममा रहेको कित्ता नम्बर १४१९ को ०–२–३–२ क्षेत्रफल भएको जग्गा लिलामीमा बिक्री गर्ने भएको हो ।

साथै, बैंकको नाममा दर्ता रही ऋणी खड्गमाई मोटर्सले लिएका विभिन्न कम्पनीका मोरसाइकर र स्कुटर्सहरु बिक्रीमा राखिएको हो । यदि ७ दिनभित्रमा कर्जाको सम्पूर्ण साँवा ब्याज तथा हर्जना लगायतका अन्य दस्तुर चुक्ता गरेमा धितो फुकुवा गरी लैजान बैंकले आग्रह गरेको छ ।

Share News