नबिल बैंकले घटायो ब्याजदर, कुन खातामा कति ?

  २०७९ फागुन ३० गते ६:४२     विकासन्युज

काठमाडौं । नबिल बैंकले ब्याजदर घटाएर प्रकाशन गरेको छ । बैंकले मंगलबार एक सूचना जारी चैतमा लागू हुने गरी नयाँ ब्याजदर घटाएको हो ।

बैंकले साधारण बचत खातामा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ९ प्रतिशतसम्म ब्याजदर तोकेको छ । यसअघि साधारण बचत खातामा ब्याजदर ६.४२ प्रतिशत थियो ।

यस्तै, बैंकले मुद्दती निक्षेपतर्फ संस्थागत खातामा ९ प्रतिशत र ब्यक्तिगत खातामा १२ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

साथै, बैंकले कर्जाको ब्याजदरमा भने १ प्रतिशत प्रिमियम घटाएको छ । यसअघि अधिकतम ६ प्रतिशतसम्म प्रिमियम दर रहेको थियो । चैतमा लागू हुने गरी १ प्रतिशत घटाएर अधिकतम ५ प्रतिशतमा झरेको हो ।

बैंकका अनुसार पौषसम्म आधार दर १०.१० प्रतिशत रहेको छ । सोही आधारमा बैंकको कर्जाको ब्याजदर १५.१० प्रतिशतसम्म तोक्नसक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.