नेपाल आयल निगमले किन्यो विद्युतीय गाडी बीवाइडी

  २०७९ फागुन २९ गते १७:३०     विकासन्युज

काठमाडौं । पेट्रोलियम पदार्थ आयात गर्ने नेपाल आयल निगम आफैले नयाँ विद्युतीय गाडी खरिद गरेको छ । निगमले विद्युतीय सवारीलाई प्राथमिकतामा राख्दै नयाँ गाडी खरीदमा विद्युतीय गाडी किनेको हो ।

निगमले बीवाइडीको ई-६ मोडल ३ वटा खरीद गरेको हो । यो गाडीको मूल्य ५९ लाख रुपैयाँ रहेको छ । यसमा भएको ब्याट्रीले एक पटकको फुल चार्जमा ५४० किलोमिटर रेन्ज प्रदान गर्छ ।

निगमले विद्युतीय गाडी खरीदका लागि गत कात्तिकमा नै टेन्डर आह्वान गरेको थियो ।

उनका अनुसार निगमले विद्युतीय गाडी खरिद गर्नुको मूख्य कारण इन्धन खपत घटाउने र नेपालमा उत्पादन भएको विद्युत खपतलाई बढाउनु रहेको निगमका उपनिर्देशक विनितमणि उपाध्यायले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.