अमेरिकाको सिग्नेचर बैंक पनि बन्द, क्रिप्टोकरेन्सीमा उच्च लगानी गर्नाले डुब्यो

  २०७९ फागुन २९ गते १५:५८     विकासन्युज

काठमाडौं । अमेरिकाको सिग्नेचर बैंक पनि बन्द भर्एको छ । अमेरिकाको बैंक तथा वित्तीय संस्थाको नियामकले सिग्नेचर बैंक बन्द गरेर आफ्नो मातहतमा लिएको हो । गत शनिबार मात्रै सिलिकन भ्याली बैंक बन्द भएको थियो । त्यसको दुई दिनमै यो बैंक पनि बन्द भएको हो ।

अमेरिकाको ट्रेजरी, फेडरल रिजर्भ र फेडेरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसन (एफडीआईसी)ले आइतबार साँझ संयूक्त विज्ञप्ति जारी गर्दै यो बैंक बन्द भएको उल्लेख गरेको हो ।

बैंक बन्द भए पनि उक्त बैंकमा रहेका निक्षेपकर्ताको सबै निक्षेप सुरक्षित हुने पनि बताइएको छ । यो बैंकले उच्च रुपमा क्रिप्टोकरेन्सीमा लगानी गरेकोले समस्यामा परेको बुभिएको छ ।

कुल निक्षेप ८८.६ बिलियन डलर रहेको यो बैंकका निक्षेपकर्ताले भने निक्षेप फिर्ता पाउने उल्लेख गरिएको छ । यसअघि बन्द भएको सिलिकन भ्याली बैंकको लगानी स्टार्टअपमा थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.