रविसँग चुनाव लड्ने उम्मेद्वारको चुनावी एजेण्डा : प्रतिमहिना १० हजार वृद्धभत्ता दिने

<p>काठमाडौं । चितवन २ मा प्रतिनिधि सभा सदस्यको लागि उपनिर्वाचनको तयारी थालिएको छ । चितवन २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित रवि लामिछानेको उम्मेदवारी र उनी निर्वाचित भएको निर्णय सर्वोच्च अदालतले खारेज गरेपछि चितवन २ मा उपनिर्वाचनको तयारी थालिएको हो । बैशाख १० गते उपचुनाव हुने मिति तय भइसकेको छ । उपचुनावको समय नजिकिएसँगै उम्मेदवारहरुले [&hellip;]</p>

काठमाडौं । चितवन २ मा प्रतिनिधि सभा सदस्यको लागि उपनिर्वाचनको तयारी थालिएको छ । चितवन २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित रवि लामिछानेको उम्मेदवारी र उनी निर्वाचित भएको निर्णय सर्वोच्च अदालतले खारेज गरेपछि चितवन २ मा उपनिर्वाचनको तयारी थालिएको हो ।

बैशाख १० गते उपचुनाव हुने मिति तय भइसकेको छ । उपचुनावको समय नजिकिएसँगै उम्मेदवारहरुले पनि चुनावी प्रचारप्रसार थालेका छन् सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने नै उम्मेद्वार बन्ने भएका छन् भने अन्य राजनीतिक दलबाट उम्मेदवार को भनेर निक्र्यौल भइसकेको छैन ।

सो क्षेत्रबाट स्वतन्त्रबाट प्रा.डा मोजराज बगाले उम्मेद्वार बन्ने भएका छन् । उनले चुनावी प्रचारप्रसार पनि थालिसकेका छन् । उनले आफुलाई निर्वाचित गरेको खण्डमा विभिन्न ११ वटा काम गर्ने भन्दै एजेण्डाहरु बनाएका छन् ।

उनको चुनावी घोषणापत्रमा प्रतिमहिना १० हजार रुपैयाँ वृद्धभत्ता उपलब्ध गराउनेदेखि निःशुल्क स्वास्थयबीमा प्रदान गर्ने विषय उल्लेख गरेका छन् ।

यस्तो छ उनको चुनावी घोषणापत्र

Share News