काठमाडौं । प्रभु स्मार्ट फण्डमा मागभन्दा १.५५ गुणा बढीको आवेदन परेको छ ।
प्रभु बैक कोष प्रवर्धक र प्रभु क्यापिटल कोष व्यवस्थापक तथा डिपोजिटरी रहेको फण्डले निष्काशित कुल ८ करोड इकाईमध्ये प्रभु बैंकले १ करोड १२ लाख इकाई र कोष व्यवस्थापक तथा डिपोजिटरी प्रभु क्यापिटलले ८ लाख इकाई सुरक्षित गरी ६ करोड ८० लाख इकाई आवेदन माग गरिएको थियो ।
जसमध्ये १० कराेड ५२ लाख ९६ हजार २०० इकाईको लागि आवेदन परेको छ । उक्त आवेदन सर्वसाधारणहरुलाई छुटयाईएको भन्दा १.५५ गुणा बढीको आवेदन हो ।
१० बर्ष अवधि रहेको बन्दमुखी योजना प्रभु स्मार्ट फण्डलाई केयर नेपाल लिमिटेडले एएमसी ३ रेटिङ्ग प्रदान गरेको छ ।
क्यापिटलले ८० करोड बराबरको प्रभु स्मार्ट फण्ड नामको योजना निष्कासन गरेको भए पनि सामूहिक लगानी कोष निर्देशिका, २०६९ को नियम १५ को उपनियम ४ मा भएको व्यवस्था अनुसार निष्कासन गरिएको भन्दा बढी संख्यामा इकाई माग भएमा निष्कासन गरिएको इकाई संख्याको पच्चीस प्रतिशतसम्म थप गरी इकाई बाँडफाँड गर्न सकिनेछ भन्ने व्यवस्था रहेकोले प्रभु स्मार्ट फण्डले बिउ पुँजीसहित १ अर्ब बराबरको इकाई बाँडफाँड गर्ने भएको छ ।