सिटिजन्स बैंकका ग्राहकलाई आवरण स्किन एण्ड हेयर क्लिनिकमा छुट

<p>काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र दरबारमार्गस्थित आवरण स्किन एण्ड हेयर क्लिनिकबीच सम्झौता भएको छ । बैंक र क्लिन&#x200d;&#x200d;िकबीच बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझौता भएको हो । सो सम्झौतापश्चात् सिटिजन्स बैंकका कार्डवाहकहरुले आवरण स्किन क्लिनिकमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन [&hellip;]</p>

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र दरबारमार्गस्थित आवरण स्किन एण्ड हेयर क्लिनिकबीच सम्झौता भएको छ । बैंक र क्लिन‍‍िकबीच बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझौता भएको हो ।

सो सम्झौतापश्चात् सिटिजन्स बैंकका कार्डवाहकहरुले आवरण स्किन क्लिनिकमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३४ वटा ए।टि।एम। र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Share News