संसारका सबैभन्दा महँगो र आकर्षक १० गहना

  २०७९ फागुन २७ गते १३:०४     विकासन्युज

एजेन्सी । कोहिनूर र यसको अमूल्यताको कथा सबै भारतीयहरूलाई थाहा छ। बेलायती राजा चार्ल्सको राज्याभिषेक नजिकिँदै गर्दा फेरि एकपटक कोहिनूर चर्चामा छ । मूल्यमा मात्र नभएर गहनाको सुन्दरताले पनि तिनीहरूलाई अमूल्य बनाउँछ। पढ्नुहोस् संसारका दश प्रख्यात गहनाहरू जसको चमक कहिल्यै ओइलाउँदैन।

एटलाको क्रस
१९२० मा लन्डनका जौहरी जेरार्डले अटालाको क्रस बनाएका थिए । गत महिना रियालिटी स्टार किम कार्दशियनले यसलाई १.६२ करोडमा किनेका थिए । कुनै समय यो क्रस राजकुमारी डायनाको घाँटीमा सजिएको थियो।

नीलमबाट बनेको यो क्रसमा ५.२ क्यारेट हीरा जोडिएको छ। यो राजकुमारी डायनाको मनपर्ने गहना थियो, तर यो गहना उनको कहिल्यै हुन सकेन। विभिन्न अवसरहरूमा यसको मालिक नईम अटालाले राजकुमारी डायनालाई लगाउन दिन्थे । जतिबेला नईम अटाला एस्प्रे र जेरार्डका सीईओ थिए। अक्टोबर १९८७ मा एक परोपकारी कार्यक्रममा डायनाले यसलाई लगाएकी थिइन्। उनले यसलाई बैजनी रंगको मोतीको हारसँग लगाएकी थिइन् ।

ब्ल्याक डायमंड आरलाव
कालो हीरा आँफैमा आकर्षक हुन्छ । तकिया आकारको कालो हीरा ६७.४९ क्यारेटको रहेको छ । एउटा कथा अनुसार १९ औं शताब्दीमा भारतको ब्रह्मा मन्दिरबाट यसको चोरी भएको थियो ।

तब देखि नै हिरा श्रापित भएको भनिन्छ । चोरी गर्ने व्यक्तिको अकाल मृत्यु भएको त्यसपछि तीन मालिकले आत्महत्या गरेका थिए भन्ने कथन रहेको छ । यसमा नादिया भिगिन ओर्लोभ नामकी एक रूसी राजकुमारी, उनको आफन्त र अमेरिकामा हीरा आयात गर्ने व्यापारी जी डब्लु पेरिस समेत सहभागी रहेको बताइन्छ ।

तर, हालैका केही अनुसन्धानले यी कथाहरूमा प्रश्नचिन्ह खडा गरेको छ । अहिले विज्ञहरुले यो हिरा भारतबाट चोरी भएको र राजकुमारी नादियाको अस्तित्वमाथि पनि प्रश्न उठाइरहेका छन्।

ला पेरेग्रीना
सन् १५७६ मा दक्षिण अमेरिकी देश पानामामा फेला परेको ‘ला पेरेग्रीना’ नामको नासपतीको आकारको यो मोती यसको कथा जत्तिकै मनमोहक छ । यसलाई संसारकै आकर्षक मोती मानिन्छ । यो ५०.५६ क्यारेटको मोती स्पेनका फिलिप द्वितीयले आफ्नी श्रीमती इंग्ल्याण्डकी रानी मेरी (१) को लागि किनेका थिए ।

त्यसबेलादेखि यो अमूल्य मोती स्पेनको शाही परिवारको धेरै पुस्तामा रहँदै आएको थियो । त्यसपछि यो मोती फ्रान्सका शासक नेपोलियनका भाइ जोसेफ बोनापार्टको हातमा पर्यो। लामो समयपछि अर्थात् १९६९ मा हलिउडकी चर्चित अभिनेत्री एलिजाबेथ टेलरका लागि अभिनेता रिचर्ड बर्टनले किनेका थिए ।

ला पेरेग्रिनालाई सन् २०११ मा न्यूयोर्कको लिलामी घर क्रिस्टीजले १ अर्ब ५४ करोडमा बेचेको थियो । यो प्राकृतिक मोतीको लागि तिरेको सबैभन्दा उच्च मूल्य थियो।

होप डायमन्ड

होप डायमन्ड

अँध्यारो विगतका लागि चिनिने अर्को श्रापित हीरा होप डायमन्ड हो। यसलाई अमेरिकाको स्मिथसोनियन संग्रहालयको राष्ट्रिय रत्न संग्रह मध्ये विशेष रुपमा लिइन्छ ।

यो ४५.५२ क्यारेटको एकदमै विशेष र दुर्लभ नीलो हीरा हो। जब यो पराबैंगनी प्रकाशमा पर्दा यसको रंग रुबी रातो हुन्छ। यसले यसलाई थप रहस्यमय बनाउँछ। यसको इतिहासको रोचक कथा सन् १९६६ मा आएको कार्ल शुक्ररको पुस्तक ‘द अनएक्सप्लेन्ड’ मा रेकर्ड गरिएको छ ।

कथा अनुसार एक हिन्दू पुजारीले यसलाई मन्दिरको मूर्तिबाट बेइमानी गरेर हटाएका थिए । सन् १६६८ मा फ्रान्सका सम्राट लुइस चौधौंले किनेका थिए र फेरि फ्रान्सेली क्रान्तिको बेला कसैले यसको चोरी गर्यो ।

यो हिराबाट फ्रान्सका सम्राट र उनकी रानीलाई श्राप लागेको बताइन्छ। गहना ब्रान्ड कार्टियरले सेतो हीराको हारमा द होपलाई सेट गरेर सन् १९१२ मा एभलिन वाल्श म्याक्लिनलाई बेचिएको थियो । सन् १९५८ सम्म यो हीरा जौहरी ह्यारी विन्स्टन पुग्यो। त्यही वर्ष उनले स्मिथसोनियन संग्रहालयलाई दान दिएका थिए ।

वालिस सिम्पसनको प्यान्थर ब्रेसलेट

होप डायमन्ड

सन् १९३६ मा राजा एडवर्ड आठौंले आफ्नी प्रेमिका वालिस सिम्पसनका लागि इङ्गल्याण्डको मुकुट त्यागेका थिए । धेरै बहुमूल्य हीरा र गहनाहरू उनीहरूको प्रेम कथामा उपहारको रूपमा साटासाट गरिएको पाइन्छ ।

यी प्रेमीले जीवनभर एकअर्कालाई यस्ता उपहारको वर्षा गर्दै आएका थिए । यी दुईको उपहार सन् २०१० मा सोथबीजले लिलामी गरेको थियो । त्यो लिलामीको मुख्य आकर्षण वालिस सिम्पसनले सन् १९५२ मा उपहारको रूपमा प्राप्त गरेको ब्ल्याक प्यान्थर ब्रेसलेट थियो। हीरा र रत्नले जडित यो ब्रेसलेट पेरिसबाट किनिएको थियो ।

अमेरिकी गायिका म्याडोनाले वालिस सिम्पसनको जीवनमा आधारित फिल्ममा यो ब्रेसलेट लगाएकी थिइन्, तर अर्बौं खर्चेर किन्ने व्यक्तिको नाम भने अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

कोहिनूर

कोहिनूर

कोहिनूरसँग धेरै भारतीयहरूको भावना जोडिएको पाइन्छ । धेरै भारतीयहरुलाई यसको महिमा थाहा छ। यो १०५.६ क्यारेटको संसारको सबैभन्दा ठूलो हीरा हो। बेलायतको शाही मुकुट सजाउने यो हीरा सबैभन्दा विवादास्पद गहना पनि हो । यो मध्ययुगीन समयमामा दक्षिण भारतमा उत्खनन् भएको मानिन्छ । यसको लिखित अभिलेखहरू १६२८ मा मात्र भेटिएको थियो, जब मुगल सम्राट शाहजहाँ सिंहासनमा आसिन भएका थिए ।

सन् १७३९ मा इरानका सम्राट नादिर शाहले दिल्ली तर्फ अग्रसर भएर मुगलहरूलाई पराजित गरेका थिए । यसपछि कोहिनूर नादिर शाहको हातमा पुग्यो। नादिर शाहले यसलाई अफगानिस्तान लिएर गए। स्मिथसोनियन पत्रिकाका अनुसार यो बहुमूल्य पत्थर एकपछि अर्को शाही परिवारमा हस्तान्तरित हुँदै गयो र अन्ततः सन् १८१३ मा महाराजा रणजित सिंहको हातमा पुग्यो ।

त्यतिबेला भारतको बाँकी भागमा ब्रिटिश ईस्ट इन्डिया कम्पनीको शासन थियो। कम्पनीले यो हिराको बारेमा थाहा पाएपछि यसलाई प्राप्त गर्न पहल गर्यो । सन् १८४९ मा यो हीरा पञ्जाबको सिंहासनका दश वर्ष पुरानो उत्तराधिकारीबाट खोसेर रानी भिक्टोरियालाई सुम्पिएको थियो । सन् १८५१ मा इंग्ल्याण्डमा यो हीराको भव्य प्रदर्शनी गरियो । तर, त्यतिबेला धेरै मानिससँग हीरा थिएन। कतिपयले कोहिनूर पनि श्रापित हिरा भएको भनेर हल्ला पनि फैलाए ।

अहिले यो हीरा बेलायतको शाही परिवारसँग छ तर भारत, पाकिस्तान, इरान र अफगानिस्तानले फिर्ता दिन माग गर्दै आएका छन् ।

मारी आंत्वानेटको औंठी

यो औंठी विश्वका गहनाहरु मध्ये उत्कृष्ट सूचीमा पर्छ । यो कुनै समय फ्रान्सकी रानी मेरीको थियो। पछि बोर्बोन पर्मा परिवारले यसलाई किन्यो। सन् २०१८ मा सोथबीको लिलामीमा सो औंठी धेरै मूल्यमा बिक्री भएको थियो ।

फिल्मबाट चर्चित हीरा
सन् १८७० मा यो हीरा प्रसिद्ध स्टोर टिफनी द्वारा खरिद गरिएको थियो। सन् १९६१ को फिल्म ूब्रेकफास्ट एट टिफनीू को लागि प्रमोशनल तस्बिरहरूमा अभिनेत्री अड्रे हेपबर्न द्वारा लगाएको यो हीरा पछि निकै प्रसिद्ध भयो। यो हीरा हेर्नको लागि उत्कृष्ट थियो। सांस्कृतिक रूपमा मूल्यवान। यो पहेंलो रङको हीरासँग विगतमा केही विचलित सम्झनाहरू जोडिएको मानिन्छ ।

अहिलेसम्म चार जना महिलाले मात्रै १२८.५४ क्यारेटको हीरा लगाएका छन् । यो सन् १८७७ मा दक्षिण अफ्रिकाको किम्बर्ली खानीबाट निकालिएको थियो। यस खानीमा काला मजदुरहरू अत्यन्तै दयनीय अवस्थामा काम गर्न बाध्य थिए।

सन् २०२१ मा वासिङ्टन पोस्टमा प्रकाशित लेखमा लेखिका करेन एटियाले यस्ता हीरालाई ‘ब्लड डायमण्ड’ भनिनुपर्छ भनी लेखिन् । तर किन ? ूहजारौं अफ्रिकीहरूले आफ्नो ज्यान गुमाए र अफ्रिकाका स्रोतहरू लुट्दा धेरै समुदायहरू पूर्ण रूपमा नष्ट भए,ू आटिया भन्छिन्।

रानी भिक्टोरियाको मुकुट
यो लन्डनको भिक्टोरिया र अल्बर्ट संग्रहालयमा सबैभन्दा प्रसिद्ध आभूषण हो। रानी भिक्टोरियाको मुकुटलाई अमूल्य नीलमणि र हीरा जोडेर बनाइएको छ । सन् १८४०मा रानी को लागी राजकुमार अल्बर्ट द्वारा यसको डिजाइन गरिएको थियो। यो शाही जोडीले सोही वर्ष विवाह गरेको थियो ।

जोसेफ किचिङले यो सुन्दर ताज बनाएका थिए । यो रानीको सबैभन्दा मूल्यवान चीज थियो।

नेपोलियनको हीराको हार
ऐतिहासिक नेपोलियन डायमंड नेकलेस फ्रान्सका सम्राटले सन् १८११ मा आफ्नो दोस्रो रानी मेरी लुइसलाई आफ्नो दोस्रो छोरा नेपोलियन द्वितीयको जन्मको अवसरमा उपहारको रुपमा दिएका थिए ।

यो चाँदी र सुनको हार एटिन निटो द्वारा डिजाइन गरिएको थियो। यसमा २३४ हीराहरू छन्, जुन धेरै साना हीराहरूले सजाइएको छ। यी सबै हीराहरू भारत र ब्राजिलका खानीहरूबाट ल्याइएको बताइन्छ । नेपोलियनको पराजय पछि यो अमूल्य हार उनकी पत्नीको शहर भियनामा लगियो। आफ्नी श्रीमतीको मृत्यु पछि यो हार नेपोलियनकी बहीनी समक्ष गयो ।

यो हार सन् १९४८ सम्म उनीसँगै रह्यो । त्यसपछि यो फ्रान्सका कुलिन व्यक्तिले खरिद गरे भने उनीमार्फत अमेरिकी व्यवसायी महिला मार्जरी मेरिवेदरले खरिद गरिन । पछि उनले यसलाई स्मिथसोनियन संग्रहालयलाई दान गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.