छक्कापञ्जा-४ को कमाइ १० करोड नाघ्यो, छड्के-२ फ्लप

  २०७९ फागुन २६ गते १५:५३     विकासन्युज

काठमाडौं । नेपाल फिल्म छक्कापञ्जा–४ को कमाइ १० करोड रुपैयाँ नाघेकोछ । बिहीबारसम्मको कमाई १० करोड रुपैयाँ  नाघेको बुझिएको छ । छक्कापञ्जा–४ ले घरेलु बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको छ ।

हाल १४० हलमा प्रदर्शन भइरहेको फिल्मले राम्रो कमाइ गरिरहेको छ । वितरक कम्पनी ब्यांकटेसले बिहीबारसम्म १० करोड बढी कमाइ गरेको बताएको छ । शुक्रबारको भने कमाइ सार्वजनिक भइसकेको छैन । अझै पनि हलहरुमा यो फिल्म हेर्नेको भीड नै छ ।

दीपकराज गिरी र दीपाश्री निरौलाको शीर्ष भूमिका रहेको कमेडी तथा पोलिटिकल ड्रामा ‘छक्कापञ्जा ४’लाई हेमराज बीसीले निर्देशन गरेका हुन् ।

यस्तै, सँगै पदर्शनमा आएको छड्के–२ भने फ्लप भएको छ । यो फिल्मले ३० लाख रुपैयाँ मात्रै कमाएको बुझिएको छ । ‘छड्के २’ बक्स अफिसमा फ्लप भएपछि अभिनेता अनमोल केसीले सामाजिक सञ्जालमार्फत शुक्रबार वक्तव्य जारी गर्दै दर्शकसँग माफी मागेका छन् ।

नवौं फिल्मसम्म आइपुग्दा आफू थप परिपक्व हुनुपर्नेमा आफू चुक्न पुगेको भन्दै गल्ती स्वीकारेका छन् । आगामी दशौं फिल्म करिअरको पहिलो फिल्म हुने भन्दै उनले दोस्रो सत्रको सुरुवात अबको फिल्मबाट हुने समेत प्रतिबद्धता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.