सिटी एक्सप्रेस मनी ट्रान्सफर मुन्द्रेको कमेडी क्लबको मुख्य प्रायोजक

  २०७९ फागुन २६ गते १५:३४     विकासन्युज

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर लोकप्रिय कमेडि सो मुन्द्रेको कमेडी क्लबको मुख्य प्रायोजकको रूपमा रहने भएको छ ।

मुन्द्रेको कमेडी क्लबका निर्माता कि इन्टरटेन्मेन्ट र सिटी एक्सप्रेस मनि ट्रान्सफरबीच मुख्य प्रायोजकमा सिटी एक्सप्रेस मनि ट्रान्सफर रहने सम्झौतामा हस्ताक्षर भएको छ ।

सो कार्यक्रम यहि चैत्र २ गते देखि नियमित रुपमा सिटी एक्सप्रेस मुन्द्रेको कमेडि क्लबको नामबाट कान्तिपुर टेलिभिजनमा र युट्युबमा वाेएसआर डिजिटलबाट प्रसारण हुनेछ ।

हरेक बिहिबार बेलुकी ९ बजे कान्तिपुर टेलिभिजनमा प्रसारण गरिने यस कार्यक्रमका मुख्य पात्रको रुपमा चर्चित हाँस्य कलाकार जितु नेपाल र नायिका प्रियांका कार्की रहेका छन् भने कलाकारहरु दमन रुपाखेति, राजेन्द्र नेपाली ’लट्टे’, प्रभात लामा, दिनेश काफ्ले, श्याम राना, एलिना बास्कोटाको साथै अन्य कलाकारहरु पनि विभिन्न भागहरुमा उपस्थिति रहनेछ ।

कार्यक्रमको निर्देशन दिनेश डि.सि.ले गर्ने भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.