उन्नति सहकार्य लघुवित्तका सेयरधनीको हात खाली, लाभांश नपाउने

<p>काठमाडौं । यो वर्ष उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाका सेयरधनीको हात खाली हुने भएको छ । संस्थाले आर्थिक वर्ष २०७८/७९ को लाभांश वितरण नगर्ने भएसँगै सेयरधनीको हात खाली हुने भएको हो । फागुन २५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आवको लाभांश वितरण नगर्ने निर्णय गरेको हो । साथै, उक्त बैठकले उक्त आवको [&hellip;]</p>

काठमाडौं । यो वर्ष उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाका सेयरधनीको हात खाली हुने भएको छ । संस्थाले आर्थिक वर्ष २०७८/७९ को लाभांश वितरण नगर्ने भएसँगै सेयरधनीको हात खाली हुने भएको हो ।

फागुन २५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आवको लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

साथै, उक्त बैठकले उक्त आवको वित्तीय विवरण स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको छ ।

संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ३० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । त्यस्तै, अघिल्लो आवमा संस्थाले सेयरधनीलाई १७.८१ प्रतिशत बोनस सेयर वितरण गरको थियो ।

Share News