एक लघुवित्तले जम्मा गर्याे ३० प्रतिशत बोनस डिम्याट खातामा

  २०७९ फागुन २६ गते ७:३२     विकासन्युज

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले लाभांश सेयरधनीहरुलाई वितरण गर्न सुरु गरेको छ । लघुवित्तको गत माघ १३ गते सम्पन्न छैठौं वार्षिक साधारण सभाले पारित गरेको ३० प्रतिशत बोनस लाभांश सेयरधनीहरुको खातामा जम्मा गरेको हो ।

लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत भएपश्चात् हितग्राही खातामा जम्मा गरेको लघुवित्तले जनाएको छ । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको ३० प्रतिशत बोनस सेयर र १.५८ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

लघुवित्तले बुक क्लोज गरेको दिन (माघ २ गते)सम्म कायम सेयरधनीहरुको हितग्राही खातामा बोनस जम्मा गरेको हो । साथै, लघुवित्तले हालसम्म डिम्याट अभौतिकीकरण नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण अद्यावधिक गराउन आग्रह गरेको छ । लघुवित्तको सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.