नेप्सेमा ४ कम्पनीको सेयर मूल्य समायोजन, साल्ट ट्रेडिङको ३९४.९ रुपैयाँ घट्यो

  २०७९ फागुन २६ गते ७:१५     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा विभिन्न ४ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले साना किसान लघुवित्त, आशा लघुवित्त, साल्ट ट्रेडिङ्ग कर्पारेशन र सांग्रीला डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन गरेको हो ।

यी चार कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा आइतबार कारोबार हुनेछ ।

साना किसान लघुवित्तको २६ प्रतिशत प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता ८८८.१० रुपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । बिहीबार लघुवित्तको सेयर प्रतिकित्ता १ हजार ११९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

साल्ट ट्रडिङ कर्पोरेशनको १० प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सले प्रतिकित्ता ३९४०.९१ रुपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको हो । बिहिबार लघुवित्तको सेयर प्रतिकित्ता ४ हजार ३३५ रुपैयाँमा अन्मित कारोबार भएको थियो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३९४.९ रुपैयाँ घटेको हो ,

यस्तै, सांग्रीला डेभलपमेन्ट बैंकको ८.५३४ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता ३११.४२ रुपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको हो । बिहिबार बैंकको सेयर प्रतिकित्ता ३३८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

यस्तै, आशा लघुवित्तको १४.२८५७ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता ७५२.५० रुपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको हो । बिहिबार लघुवित्तको प्रतिकित्ता ८६० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.