यी हुन् सबैभन्दा धेरै लाभांश वितरण गर्ने टप १३ कम्पनी

  २०७९ फागुन २५ गते ११:१४     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा झण्डै २५० कम्पनी सूचीकृत भएर सेयर कारोबार भइरहेका छन् । यी २५० कम्पनीलाई नेप्सेले १३ वटा समूह वर्गीकरण गरेको छ । नेप्सेले बैंकिङ्ग, विकास बैंक, फाइनानस, होटल एण्ड टुरिजम, जलविद्युत, इन्भेष्टमेन्ट, जीवन बीमा, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ, माइक्रोफाइनान्स, म्युचुअल फण्ड, निर्जीवन बीमा, ट्रेडिङ्ग र अन्य समूह गरी १३ वटा समूहमा वर्गीकरण गरेको हो ।

१३ वटा समूहका सबैभन्दा धेरै लाभांश वितरण गर्ने कम्पनीहरुलाई यहाँ उल्लेख गरिएको छ । यी कम्पनी आफ्नो समूहका सबैभन्दा धेरै लाभांश वितरण गर्ने कम्पनीहरुमा पर्छन् ।

१३ वटा समूहमा सूचीकृत कम्पनीहरुमा गत वर्षको नाफाबाट सबैभन्दा धेरै लाभांश वितरण गर्ने जाल्पा सामुदायिक लघुवित्त, नबिल बैंक, गरिमा विकास बैंक, आइसीएफसी फाइनान्स, सोल्टी होटल, रिडी पावर कम्पनी, एचआईडिसीएल, यूनिलिभर नेपाल, सानिमा इक्विटी फण्ड, शिखर इन्स्योरेन्स कम्पनी, नेपाल दूरसञ्चार कम्पनी र साल्ट ट्रेडिङ्ग कर्पाेरेशन रहेका छन् ।

लघुवित्त समूहमा ६० वटा संस्था सूचीकृत छन् । हालसम्म ४५ वटा लघुवित्त गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् । जसमध्ये जाल्पा लघुवित्त वित्तीय संस्थाले सबैभन्दा धेरै लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ७३ प्रतिशत बोनस सेयर र ३.८४ प्रतिशत नगद गरी कूल ७६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकिङ्ग समूहमा २० वटा बैंक सूचीकृत छन् । १६ वटा वाणिज्य बैंकले मात्रै गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गरेका हुन् । जसमध्ये गत आर्थिक वर्षको नाफाबाट सबैभन्दा धेरै लाभांश वितरण गर्नेमा नबिल बैंक छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश वितरण गरेको हो ।

विकास बैंक समूहमा १६ वटा विकास बैंक सूचीकृत छन् । हालसम्म १० वटा विकास बैंकले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेका छन् । जसमध्ये सबैभन्दा धेरै गरिमा विकास बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १३ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद गरी कूल १४.५ प्रतिशत लाभांश वितरण गरेको हो ।

वित्त (फाइनान्स) समूहमा २० वटा कम्पनी सूचीकृत छन् । हालसम्म ५ वटा फाइनान्स कम्पनीले लाभांश वितरण गर्ने घोषणा गरेका छन् । जसमध्ये आईसीएफसी फाइनान्सले सबैभन्दा धेरै लाभांश वितरण गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कूल १० प्रतिशत लाभांश वितरण गरेको हो ।

होटल एण्ड टुरिजम समूहमा ६ वटा कम्पनी सूचीकृत छन् । हालसम्म २ वटा कम्पनीले मात्रै लाभांश वितरण गर्ने घोषणा गरेका छन् । जसमा सोल्टी होटलले सबैभन्दा धेरै लाभांश वितरण गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र २१.३१ प्रतिशत नगद गरी कूल २६.३१ प्रतिशत लाभांश वितरण गरेको हो ।

जलविद्युत समूहमा ६५ वटा कम्पनी सूचीकृत छन् । हालसम्म १८ वटा कम्पनीले मात्रै गत वर्षको नाफा वितरण गरेका हुन् । जसमध्ये सबैभन्दा धेरै रिडी पावर कम्पनीले सबैभन्दा धेरै लाभांश वितरण गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४० प्रतिशत बोनस सेयर र २.१ प्रतिशत नगद गरी कूल ४२.१ प्रतिशत लाभांश वितरण गरेको हो ।

इन्भेष्टमेन्ट समूहमा ६ वटा कम्पनी सूचीकृत छन् । हालसम्म ३ वटा कम्पनीले गत वर्षको नाफा वितरण गरेका हुन् । जसमध्ये सबैभन्दा धेरै हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल)ले वितरण गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत नगद गरी कूल ५.२६३ प्रतिशत लाभांश वितरण गरेको हो ।

म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ समूहमा पनि ६ वटा कम्पनी सूचीकृत छन् । यस समूहका ६ वटै कम्पनीले गत वर्षको नाफा वितरण गरेका हुन् । जसमध्ये सबैभन्दा धेरै युनिलिभर नेपालले वितरण गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १ हजार २१५ प्रतिशत नगद गरी लाभांश वितरण गरेको हो ।

म्युचुल फण्ड समूहमा सूचीकृत फण्डहरुमा सबैभन्दा धेरै सानिमा इक्विटी फण्डले वितरण गरेको हो । फण्डले गत वर्षको नाफाबाट इकाईधनीहरुलाई २२ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

निर्जीवन बीमा समूहमा १४ कम्पनी सूचीकृत छन् । यस समूहमा सूचीकृत १३ वटा कम्पनीले लाभांश वितरण गरेका छन् । जसमध्ये सबैभन्दा धेरै शिखक इन्स्योरेन्स कम्पनीले वितरण गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १६ प्रतिशत बोनस सेयर र ०.८४२१ प्रतिशत नगद गरी कूल १६.८४२१ प्रतिशत लाभांश वितरण गरेको हो ।

अन्य समूहमा २ कम्पनी मात्रै सूचीकृत छन् । जसमध्ये नेपाल दूरसञ्चार कम्पनी (एनटिसी)ले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४० प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

ट्रेडिङ्ग समूहमा २ वटा कम्पनीको मात्रै कारोबार भइरहेको छ । यस समूहमा रहेका कम्पनीहरुमध्ये साल्ट ट्रेडिङ्गले मात्रै गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने पस्ताव भएको हो ।

जीवन बीमा समूहमा सूचीकृत कम्पनीहरुले भने गत वर्षको नाफा हालसम्म वितरण गर्ने घोषणा गरेका छैनन् । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को नाफाबाट भने सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी छ । कम्पनीले १५.७८९५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.