राष्ट्रकवि घिमिरेको शब्दमा सीईओ गुरुङको ‘जान्दिन हे प्रियसी’ सार्वजनिक

  २०७९ फागुन २४ गते ८:५३     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकका प्रमुख कायर्काकारी अधिकृत (सीईओ) गोविन्द गुरुङको ‘जान्दिन हे प्रियसी’ गीत सार्वजनिक भएको छ । राष्ट्रकवि स्वर्गीय माधवप्रसाद घिमिरेको रचनामा सीईओ गुरुङले ‘जान्दिन हे प्रियसी’ गीत सार्वजनिक गरेका हुन् ।

किन्नर किन्नरी गीत संग्रह भित्र रहेको गीतलाई गायक तथा संगीतकार बिबि अनुरागीको संगीतमा रेर्कडिङ गरिएको हो । अनुरागीको युट्युब च्यानलमा नै उक्त भिडियो सार्वजनिक गरिएको हो ।

रेर्कडिङका लागि अनुमति लिने र सबै तारतम्य मिलाउने कार्य सीईओ गुरुङले गरेका हुन् । गुरुङ पेशाले बैंकर भएपनि एक कुशल गायक तथा सर्जक हुन् ।

राष्ट्रकवि घिमिरेका छोराहरु ईन्दिवर घिमिरे र राजीव घिमिरसँ समन्वय गरेर गीत रेर्कडिङ गरेको संगीतकार अनुरागीले बताए । स्वर्गीय राष्ट्रकवि घिमिरेको ईच्छा बमोजिम गीतलाई युगल भर्सन र महिला भर्सनमा लोकप्रिय गायिका रचना रिमालको आवाजमा रेकर्डिङ कार्य सम्पन्न भईसेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.