दक्षिण कोरियाको विदेशी मुद्रा सञ्चिति घट्यो

  २०७९ फागुन २३ गते ८:१७     विकासन्युज

काठमाडौं । दक्षिण कोरियाको विदेशी मुद्रा सञ्चितिमा फेब्रुअरीमा ४ महिनायता पहिलो पटक गिरावट आएको केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको छ ।

बैंक अफ कोरियाका अनुसार फेब्रुअरीको अन्त्यमा विदेशी मुद्रा सञ्चिति ४२५.२९ अर्ब अमेरिकी डलर रहेको छ । जुन अघिल्लो महिनाको तुलनामा ४.६८ अर्ब डलरले कम हो ।

यो सँगै बलियो डलरले गैर–डलर सम्पत्तिहरूको रूपान्तरण मूल्य घटाएको छ

देशको विदेशी सञ्चितिमा ३७४ अर्ब ४९ करोड डलर धितोपत्र, २६ अर्ब ७५ करोड निक्षेप, १४ अर्ब ८० करोड डलर विशेष निकासी अधिकार, ४ अर्ब ७९ करोड डलर सुन र ४ अर्ब ४४ करोड डलर आईएमएफ (अन्तरराष्ट्रिय मुद्रा कोष) रहेको छ ।

जनवरीको अन्त्यमा दक्षिण कोरिया विश्वको नवौं ठूलो विदेशी मुद्राको भण्डार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.